गुरुङले २ हजार २५ मत पाए भने पोल्देनले १ हजार ८३० मत ल्याएका छन् । २०७४ सालको चुनावमा छोपाङले टेकबहादुरलाई पराजित गरेका थिए ।
६८ वर्षीय गुरुङ २०३६ सालमै नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिए । २०७० सालको संविधानसभा सदस्य निर्वाचित उनी सुशील कोइराला नेतृत्वको सरकारमा श्रम तथा रोजगार मन्त्री बनेका थिए ।राप्रपाबाट एमाले प्रवेश गरेका छोपाङले २०७४ मा पहिलो पटक मनाङमा एमालेको जित दर्ता गराएका थिए ।
मनाङ ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । सोमबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार गुरुङ ३३० मतान्तरले विजयी भएका हुन् ।मुनिन्द्रले १ हजार २५५ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्दी नेकपा एमालेका राजन गुरुङले ९२५ मात्र मत पाए ।
२०७४ सालको निर्वाचनमा पनि यो क्षेत्र नेपाली कांग्रेसले नै जितेको थियो । प्रदेश सभा (ख) मा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) सर्वसम्मत निर्वाचित भइसकेका छन् । अघिल्लो पटक पनि एमालेको समर्थनमा मनाङेले जितेका थिए ।