सत्तारुढ गठबन्धनका नेपाली कांग्रेसले ११, नेकपा एसले २, नेकपा माओवादी केन्द्रले १ र तमलोपाले १ स्थानमा अग्रता लिइरहेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा अग्रता लिदाँ जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ स्थानमा अग्रता लिइरहेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानमा अग्रता लिदाँ यसअघि प्रतिनिधिसभामा रहेका मधेस केन्द्रीत दल जनता समाजवादी पार्टी, नेमकिपा र राष्ट्रिय जनता पार्टीले अहिलेसम्म अग्रता लिएको छैन ।