रश्मी थापा

विराटनगर । विराटनगर जुनियर जेसिजले आफ्नो २७औँ वार्षिकोत्सव अवसरमा ‘सप्ताह उत्सव’ मनाउने भएको छ । मंगलबारदेखि मंसिर १० गतेसम्म मनाउने उत्सव मनाइने भएको हो ।

जुनियर जेसिजले २६ वर्षदेखि यो उत्सव मनाउँदै आएको छ । जुनियर जेसिजका पूर्व अध्यक्षसहितको सहभागितामा कार्यक्रम उद्घाटन गरिने भएको छ ।

कार्यक्रममा जुनियर जेसिजका सदस्य, विभिन्न विद्यालय र कलेजका विद्यार्थीका उपस्थिति रहने जनाइएको छ ।

वार्षिकोत्सवको पहिलो दिन उद्घाटन र तुमला देवी स्मृति वक्तृत्व प्रतियोगिता हुनेछ । दोस्रो दिन जेसिज क्वीज, तेस्रो दिन आँखा जाँच शिविर सञ्चालन गरिने भएको छ ।

यसैगरी चौथौ दिन छाला हेरचाह मिथक र मानसिक स्वास्थ्यमा अन्तरक्रिया कार्य हुने भएको छ । पाचौँ दिन अन्तर विद्यालय वक्तृत्व प्रतियोगिता तथा छैटोँ दिन अन्तर विद्यालय शक्ति बिन्दु प्रस्तुतीकरण गरिने भएको छ ।

उत्सवको अन्तिम दिन वार्षिकोत्सव समापन समारोह कार्यक्रम गरिने कार्यक्रमका मुख्य कार्यक्रम संयोजक प्रिन्स पौडेल जानकारी दिएका छन् ।

413
Shares
५ मंसिर २०७९, सोमबार १५:४४