काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतगणनामा अग्रता बढाएका छन् । पछिल्लो गत परिणाम अनुसार उनले ४१० मतले अग्रता लिएका छन्।

बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा खसेका मतमध्ये २ हजार ७०५ मतपत्र गणना भएको छ। त्यसमध्ये थापाले १ हजार ३५७ मत ल्याएका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले ९४७ मत प्राप्त गरेका छन्।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि यिनै दुईजना प्रतिस्पर्धी थिए । त्यस बेला थापाले २१ हजार ५५८ मत पाएर जित हासिल गरेका थिए भने भट्टराईले १८ हजार १४० मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु