काठमाडौं । आम निर्वाचनमा सत्ता गठबन्धनले मुस्ताङबाट जितको खाता खोलेको छ। गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली प्रतिनिधिसभा सदस्यमा विजयी बनेका छन् ।

उनले एमालेका प्रेमबहादुर तुलाचनलाई पराजित गरेका हुन् । गौचनले ३ हजार ९९२ मत प्राप्त गरे भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

विजयी गौचन कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन्। २९ वर्षीय योगेश पहिलो प्रयासमै संसद् छिर्न सफल भएका छन् ।

उनी कांग्रे‍सले उम्मेदवार बनाएकामध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन् । प्रतिस्पर्धामा उत्रीएका गौचन र तुलाचन नाताले सालाभेना हुन् ।

49
Shares
५ मंसिर २०७९, सोमबार १४:०९