झन्डै नौ करोड फलोअर रहेको उक्त खाता २०२० जनवरी ६ मा वाशिङ्टनमा अमेरिकी चुनावको नतिजालाई लिएर भड्किएको हिंसामा सहभागीहरूलाई उकास्नमा प्रयोग भएको भन्दै निलम्बन भएको थियो।
त्यस क्रममा फेसबुक र ट्वीटरले ट्रम्पको खाता निलम्बन गरिदिएका थिए। उनको खाता निलम्बन फुकुवा गर्नुपर्छ कि पर्दैन भन्नेबारे मत सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा सहभागी आधाभन्दा बढीले फुकुवा गरिनुपर्ने धारणा राखेपछि पूर्व राष्ट्रपतिको खाता निलम्बन फुकुवा गरिएको हो।ट्रम्पले गत अप्रिलमा फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले मस्कले ट्वीटर किनेमा पनि आफू उक्त सञ्जालमा नफर्किने र आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा केन्द्रित रहने बताएका थिए।
मस्कले ट्वीटर खरिद गरेपछि ट्रम्पलगायत मिथ्या सूचना र अफवाह फैलाउन आफ्नो सामाजिक सञ्जाल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका विभिन्न ट्वीटर खाताहरूप्रति ट्वीटर उदार हुने अपेक्षा गरिएको थियो।पूर्वराष्ट्रपति ट्रम्पले शनिबार लस भेगासमा आयोजित कार्यक्रममा आफ्नो भर्चुअल उपस्थिति देखाएका थिए। उनले ट्वीटरको पोल र अपेक्षित निलम्बन अन्त्यप्रति खुसी व्यक्त गर्दै आफ्नो सामाजिक सञ्जालमै रहने धारणा व्यक्त गरे।
अन्तिम पटक ट्वीट गर्दा आफू राष्ट्रपति बाइडेनको शपथमा नजाने ट्वीट गरेका थिए।
२०१६ को निर्वाचनमा ट्रम्प विजयी हुँदा र त्यसपछिका दिनमा पनि ट्रम्पले ट्वीटरलाई आफ्नो धारणा व्यक्त गर्ने, नयाँ घोषणा सुनाउने, विपक्षीहरूलाई गाली गर्नेलगायतका काममा अत्यधिक प्रयोग गर्ने गरेका थिए।