काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप २०२२ को भव्य उद्घाटन भएको छ । कतारको अल बायत स्टेडियममा आइतबार विशेष समारोहकाबीच कतार विश्वकप औपचारिक उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा फिफा अध्यक्ष जियानी ईन्फान्टिनो, कतार फुटबलका अध्यक्ष शेख हमाद बिन खलिफा बिन अहमद अल थानी, विभिन्न राष्ट्रका फुटबल अध्यक्ष लगायतको उपस्थिति थियो ।

उद्घाटन समारोहमा अमेरिकी कलाकार मोर्गन फ्रीम्यान, कोरियाली ब्यान्ड बीटीएस लगायतका स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।

​मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा ६४ खेल हुनेछ ।

आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु