काठमाडौं। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही मत खसेको हो । अघिल्लो निर्वाचन भन्दा यो करिव १७ प्रतिशत कम हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएका हुन्।

२०७४ सालको प्रतिनिधिसभातर्फको ६७.६३ प्रतिशत मत खसेको थियो।

त्यति मतदान अपेक्षा गरेभन्दा केही थोरै भएको उनले बताए। केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको थपलियाले बताए।

21
Shares
४ मंसिर २०७९, आईतवार २०:०७