सोही ठाउँका २३ वर्षीय संजिव ऐडीको गोली लागेर मृत्यु भएको हो। अरु केही व्यक्ति घाइते भएको जनाइएको छ ।
घाइतेहरुको पहिचान हुन सकेको छैन्। घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको बताइएको छ।उक्त स्थानमा झडपसमेत भएको छ। त्यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीनजना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन्। घाइते तीनै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
एकजना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप भएको अनि प्रहरीले हवाइ फायर गरेको बुझिएको छ। उक्त स्थानमा मतदान रोकिएको छ।