ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको थियो। यसैगरी सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको थियो।
चितवनको राप्ती नगरपालिकामा प्रहरीले गोली चलाएको छ। राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।दोलखाका ७ ठाउँमा तनाव भएको थियो। स्थिति नियन्त्रणमा लिन २६ राउन्ड गोली चलाउनुपरेको दोलखाका डीएसपी गंगा पौडेलले बताएका छन्।
गौरीशंकर गाउँपालिका–२, बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २ नम्बर वडा, कालिञ्चोक गाउँपालिका वडा नम्बर –७ र १ मा प्रहरीले गोली चलाएको थियो भने जिरी नगरपालिका–९ मा पनि गोली चलेको थियो ।तामाकोशी गाउँपालिका–३ स्थित कालापानी माावि मतदान केन्द्रमा झडप हुँदा १५ राउन्ड गोली चलाउनु परेको प्रहरीको भनाइ छ। कालापनीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताको बीचमा झडप भएको थियो। झडपमा सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिकास्थित आदर्श मावि मतदान केन्द्रमा गोली चलेको थियो। हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा प्रहरीले १७ राउण्ड गोली चलाएको थियो। त्यस्तै मान्धारा मावि भकुण्डामा पनि गोली चलेको थियो।
बाजुराको स्वामीकार्तिक, छेडेदह, कैलाशेबरी आवासीय विद्यालय मना, सत्य माबि पाण्डुसैन र धुरालसेन मावि डुगरी मतदान केन्द्रमा प्रहरीले गोली चलाएको थियो।
डोटीको राधाकृष्ण मावि गोपाघाटमा ४ राउन्ड फायर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दार्चुलाको मालिकार्जुन मावि मतदान केन्द्र र बझाङको मष्टा आधार आवासीय विद्यालय बुरेलथुम प्रहरीले गोली चलाएको थियो।