विराटनगर । प्रदेश १ मा आइतबार ४ बजेसम्म ४८.१ प्रतिशत मतदान भएको छ । प्रदेशका १४ वटै जिल्लामा रहेका ३३ लाख ९६ हजार ८६५ मतदातामध्ये १६ लाख ३३ हजार ३६७ (४८.१ प्रतिशत) मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

ताप्लेजुङ ३५ हजार २८ (३९.७ प्रतिशत) मतदान भएको छ । ताप्लेजुङमा ८८ हजार २८५ मतदाता छन् ।

१ लाख ३८ हजार ९३२ मतदाता रहेको पाँचथरमा ६७ हजार ९७३ (४८.९) मतदान भएको छ ।

इलाममा १ लाख ७ हजार ४९० (४७.८) मत खसेको छ । इलाममा २ लाख २४ हजार ८७७ जना मतदाता छन् ।

यस्तै, झापामा ३ लाख ४ हजार ९९७ (४६) मत खसेको छ । झापामा ६ लाख ६३ हजार ३११ मतदाता छन् ।

संखुवासभामा ८१ हजार ३१५ (५२.२) मत खसेको छ । संखुवासभामा १ लाख १७ हजार ५५४ जना मतदाता छन् ।

तेह्रथुममा ३९ हजार ३५६ (५४.७) मतदान भएको छ । तेह्रथुममा ७१ हजार ९ सय ३३ जना मतदाता छन् ।

यसैगरी भोजपुरमा ५७ हजार ६७३ (४६.७) मत खसेको छ । भोजपुरमा १ लाख २३ हजार ३७९ जना मतदाता छन् ।

धनकुटामा ५७ हजार ४०७ (४९.१) मतदान भएको छ । धनकुटामा १ लाख १६ हजार ९९१ जना मतदाता छन् ।

मोरङमा ३ लाख ७० हजार ३२८ (५०.३) मत खसेको छ । मोरङमा ७ लाख ३५ हजार ५२५ जना मतदाता छन् ।

सुनसरीमा २ लाख ७१ हजार ७२९ (४९.९) मतदान भएको छ । सुनसरीमा ५ लाख ४४ हजार ९४१ जना मतदाता छन् ।

सोलुखुम्बुमा ३५ हजार २३९ (४३.२) मत खसेको छ । सोलुखुम्बुमा ८१ हजार ५०२ जना मतदाता छन् ।

खोटाङमा ५९ हजार ६८५ (४२.८) मत खसेको छ । खोटाङमा १ लाख ४२ हजार ७९२ जना मतदाता छन् ।

ओखलढुंगामा ५५ हजार ४२३ (४७) मतदान भएको छ । ओखलढुंगामा १ लाख १७ हजार ८९७ जना मतदाता छन् ।

उदयपुरमा १ लाख ९ हजार ७२४ (४७.९) मत खसेको छ । उदयपुरमा २ लाख २८ हजार ९४६ जना मतदाता छन् ।

98
Shares
४ मंसिर २०७९, आईतवार १७:१६