बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रको मतदान सुरु भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै बिहान ९ः४० बजेतिर विष्फोटको ठूलो आवाज आएको थियो ।
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार १२ः१५ बजेतिर मतदान सुरु भएको हो । विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित गरिए पनि पटका पड्काएको पाइएको प्रजिअ दाहालले बताए ।सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएका कारण ढुक्कसँग मतदानमा सहभागी हुन प्रजिअ दाहालले सबैमा आग्रह गरेका छन् ।