विराटनगर । तेह्रथुममा मतदान गर्न गएका एक वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका ८८ वर्षीय योङहाङदीप लिम्बूको मृत्यु भएको हो ।

त्यहाँको रत्न मावि मतदान केन्द्रमा मतदान गर्न गएका लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु