मत गर्ने अवधि सुरु भए सँगै मतदाताहरु परिचयपत्रको साथमा मत खसाल्न मतदान स्थलमा पुगिसकेका छन् । केहीले मतदान गरिसकेका छन् भने केही पालाे कुरेर लामबद्ध छन् ।
विराटनगर महानगरपालिकाभित्र मतदान स्थल बनाइएका सरस्वती मा. वि, आर्दश बालिका मा.वि, श्री शिक्षा निकुञ्ज आधारभूत विद्यालय, महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसमा मानिसकाे संख्या बाक्लिन थालेकाे छ ।त्यस्तै, जहदा गाउँपालिकाभित्र पर्ने श्री लक्ष्मी आधारभूत विद्यालय, धनपालथान गाउँपालिकाकाे नवजीवन विद्यालय, सुन्दरहरैंचा नगरपालिकाकाे सरस्वती आधारभूत विद्यालयमा पनि मतदाताकाे भीड बढेकाे छ ।
पाँच वर्ष पछि आएको अवसरमा सहि व्यक्ति छनाेट गर्न आफूहरु एकदमै उत्साहित भएको मतदाताहरुले प्रतिक्रिया दिएका छन् ।मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल आर्मीले घेरा बनाएर सुरक्षा व्यवस्थापन गरिरहेकाे छ । माेरङका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेकाे र मतदान स्थलभित्रै विस्फाेट भएकाे खबर बाहिरिए पनि हालसम्म मानवीय र भाैतिक क्षति नभएकाे माेरङ प्रहरीले बताएकाे छ ।










