थुदामस्थित दूधपोखरी आधारभूत विद्यालय केन्द्रमा मतदान सुरु हुन नसकेको हो । यस मतदान केन्द्रमा ३६ पुरुष र ३३ महिला गरेर ६९ जना मतदाता रहेका छन् ।
मतदान गराउने कर्मचारी र सुरक्षाकर्मी उपस्थित भए पनि यो समाचार तयार पार्दासम्म मतदान केन्द्रमा मतदाता पुग्न सकिरहेका छैनन् । केही दिनदेखि संखुवासभाको उत्तरी क्षेत्रमा अत्यधिक चिसो बढेको छ ।प्रदेश १ प्रहरी कार्यालय विराटनगरले चिसोका कारण मतदाता उपस्थित हुन नसक्दा समयमै मतदान सुरु हुन नसकेको जनाएको छ । घाम लागेर न्यानो हुन थालेपछि मतदाता उपस्थित भएसँगै मतदान सुरु हुने जनाइएको छ ।
मतदानका लागि आवश्यक सामग्रीदेखि लिएर कर्मचारी र सुरक्षाकर्मी भने तयारी अवस्थामा रहेका छन् ।