निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै आयोगले मतपत्र बदर हुन सक्ने सात अवस्थाकाे बारेमा जानकारी दिएकाे छ ।
मतपत्र बदर हुन सक्ने सात अवस्था१. दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बिचमा पर्ने गरी मत संकेत गरेमा
२. एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा३. स्वस्तिक छाप नबुझिने गरी मत संकेत गरेमा
४. मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप वा संकेत प्रयोग गरेमा
५. कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाएमा
६. मतपत्र च्यातिएमा
७. मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा