शनिबार (आज) एक सन्देश जारी गर्दै मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएकाले उत्साहपूर्वक सहभागिता जनाउन उनले अनुराेध गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिबिम्बित गर्ने बताएकी छिन् ।निर्वाचनलाइ स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा कायम गरि सफल बनाउन भण्डारीले निर्वाचन आयाेग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा सधन्यवाद आव्हान गरेकी छिन् ।