मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि हुने मतगणना उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगरमा गरिने भएकाे जानकारी मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले दिएकाे छ ।
मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।मोरङ क्षेत्र नं. १ को मतगणना उर्लाबारी नगरपालिका, क्षेत्र नं. २ को रतुवामाई नगरपालिका (विश्वनाथ मन्दिर), क्षेत्र नं. ३ को बेलबारी नगरपालिका (भगवती माविमा) र निर्वाचन क्षेत्र नं. ४, ५ र ६ को विराटनगरस्थित आदर्श माविमा गणना हुने भएकाे छ ।
प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठा मतगणना स्थल बनाइएको र आवश्यकता परे अन्य थप गरिने मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद ढुङ्गेलले जानकारी दिए । मतगणना स्थलमा तार जाली नलगाइएकाे तर सिसिटिभी जडान गरिएकाे उनले बताए ।एक मतगणना स्थलमा ६ गणककाे टाेली रहनेछ । ५ मंसिर बिहानबाट मतगणना सुरु हुनेछ । मतगणना सुरु भएकाे तीन दिनभित्र प्रत्यक्ष तर्फकाे मत परिणाम सार्वजनकि गर्ने निर्वाचन आयाेगकाे लक्ष्य रहेकाे छ ।