माेरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले शंकास्पद वस्तु विस्फाेटक पदार्थ नभइ सामान्य वस्तु भएकाे बताएका छन् ।
‘खारजीमा फेला परेकाे वस्तु विस्फाेटक पदार्थ हाेइन’ प्रवक्ता श्रेष्ठले भने, ‘मतदातामा त्रास फैलाउन राखिएकाे वस्तु मात्र रहेकाे पुष्टि भएकाे छ।’ यातायात कार्यालय अगाडि सडकको पूर्वपट्टि टिनको बट्टामा ‘खतरा’ लेखिएको वस्तु फेला परेपछि मोरङ प्रहरीले घटना स्थललाई सुरक्षित राख्दै नेपाली सेना थलाहा ब्यारेकसँगकाे समन्वयमा बम निस्क्रिय पारेकाे हाे ।शनिबार (आज) बिहान ०६ः२५ बजे विराटनगर महानगरपालिकाकाे साेही वडाअन्तर्गत पुष्प मार्गमा पनि शंकास्पद वस्तु फेला परेको थियो ।
उक्त वस्तु पनि नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियाे। सेनाको टोलीले डिस्पोज गर्दा उक्त वस्तु बम नरहेको पुष्टि भएको थियो ।
शनिबार विराटनगरमा मात्रै दुई शंकास्पद वस्तु फेला परेकाले मतदातामा त्रास पैदा भएकाे छ । तर सुरक्षा व्यवस्था तयार पारिएकाले ढुक्क भएर मतदान गर्न माेरङ प्रहरीले सबै मतदातालाई आग्रह गरिरहेकाे छ ।

