उदयपुर । उदयपुरकाे दुई ठाउँमा बम विस्फाेट भएकाे छ ।

अज्ञात समूहले उदयपुरगढी गाउँपालिकाको वडा नं ७ र ८ को मध्यभागको जंगल र त्रियुगा नगरपालिका १६ को जंगलमा शुक्रकार मध्यराततिर विस्फोट गराएको प्रारम्भिक अनुसन्धानमा खुलेकाे हो। विस्फाेटबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ । हालसम्म विस्फाेटकाे जिम्मा कसैले लिएकाे छैन ।

निर्वाचनलाई बिथोल्ने गरी विस्फाेट भए पनि जिल्लाकाे सुरक्षा व्यवस्था कडा पारिएकाे प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले बताए ।

उदयपुरमा दुई प्रतिनिधि र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

रातकाे समयमा बम विस्फाेट भएपछि सुरक्षा व्यवस्था थप कडा गरिएकाले मतदातालाई निर्धक्क भएर मतदान गर्न प्रमुख गाैतमले अनुराेध गरेका छन् ।
14
Shares
३ मंसिर २०७९, शनिबार १२:३३