विराटनगर महानगरपालिका ३ स्थित खारजीमा शंकास्पद वस्तु फेला परेको छ ।

यातायात कार्यालय अगाडि सडकको पूर्वपट्टि टिनको बट्टामा खतरा लेखिएको वस्तु फेला परेको मोरङ प्रहरीले बताएको छ ।

घटना स्थललाई सुरक्षित राखिएको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर सकिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

शनिबार (आज) बिहान ०६ः२५ बजे विराटनगर महानगरपालिकाकाे साेही वडाअन्तर्गत पुष्प मार्गमा पनि शंकास्पद वस्तु फेला परेको थियो ।

उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सेनाको टोलीले डिस्पोज गर्दा उक्त वस्तु बम नरहेको पुष्टि भएको थियो ।
42
Shares
३ मंसिर २०७९, शनिबार ११:१८