काठमाडाैं । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुराेध गरेकाे छ ।
तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे हाे ।
महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ जसका कारण नेपालका विभिन्न स्थानमा आंशिक बदलीसहित हिमपातकाे सम्भावना रहेकाे छ ।
आज प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानकाे माैसम सफा रहनेछ ।
आइतबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने आकंलन गरिएको छ । महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।