काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा मौन अवधिका बेला मतदातलाई पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’ का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ ।

काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

निरौलासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानीलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोल छन् ।

उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । पैसा बाँड्न लागेको सूचना पाएको प्रहरीले उनीहरुमाथि निगरानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु