काठमाडौं । कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका क्रममा रंगशाला क्षेत्रमा मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ । प्रतियोपगिता सुरु हुनु दुई दिनअघि फिफाले मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको पुष्टि गरेको हो । विश्वकप अन्तर्गत ६४ खेल आयोजना हुने कतारका ८ स्टेडियममा मदिरा बिक्री नगरिने भएको छ ।

विश्वकप रंगशाला क्षेत्रबाट बियर लगायत मदिरा बिक्री स्टेसनहरू हटाइएको छ ।

गत सेप्टेम्बरमा कतारले खेलभन्दा पहिले र पछिका निर्धारित समयमा लाइसेन्सप्राप्त दर्शकहरूका लागि बियर लगायतका मदिरा किन्ने अनुमति दिने जनाएको थियो ।

यद्यपि बडवाइजर सहितका ुजिरो अल्कोहलु हुने पेय पदार्थमा भने रोक नलगाइएको बताइएको छ ।

कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मका लागि विश्वकप फुटबलको तयारी भइरहेको छ । यसका लागि हाल विश्वभरका खेलाडी र प्रशंसकहरू कतार पुगेका छन् ।

पछिल्लो समय आर्थिक रुपमा विकसित मानिएको कतार विश्वकप आयोजना गर्ने पहिलो मध्यपूर्वी मुलुक पनि हो । कतारमा २६ हजार श्रमिकले २०२२ को विश्वकप रंगशाला निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु