मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि मोरङका ३ सय ६ वटा मतदान स्थलमा निर्धारण गरिएका ८ सय ३९ मतदान केन्द्र सुरक्षित रहेकाे माेरङ प्रहरीले बताएकाे छ ।
माेरङ प्रहरीका अनुसार भाैगाेलिक कठिनता र सुरक्षाका दृष्टिकाेणले जिल्लाका ५० मतदान स्थल अति संवेदनशिल, १ सय ४४ संवेदनशिल र १ सय १२ सामान्य प्रकृतिका छन् ।सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्न मोरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरिक्षक दिपक श्रेष्ठले आग्रह गरे ।
मोबाइल टोली, म्यादी र जनपद गरी मोरङमा सात हजार ४ सय सुरक्षाकर्मीलाई परीचालन गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।जिल्लाका ५० अति संवेदनशील मतदान स्थलमा बढी संख्यामा हातहतियारसहितको सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए ।
सीमावर्ती क्षेत्रबाट हुने घुसपैठका लागि अलग गस्ती टोली खटिएको र भारतकाे अररीया जिल्लासँग सहकार्य गरिएका कारण जिल्लाको सुरक्षमा चुनौती नभएको मोरङ प्रहरीले बताएको छ ।