विराटनगर । एक सय १४ पिन्ट रगत संकलन गर्दै शिखर इन्स्युरेन्सले आफ्नो १८औं वार्षिकोत्सव मनाएकाे छ ।

वार्षिकोत्सवकाे अवसरमा विराटनगरमा आयोजित रक्तदान कार्यक्रममा संकलन गरिएको रगत रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।

इन्स्युरेन्सका क्षेत्रीय प्रबन्धक प्रज्वल आचार्यले रक्तदान गर्दै सुरु गरिएको कार्यक्रममा इन्स्युरेन्समा कार्यरत कर्मचारी, बीमा कम्पनीका ग्राहक, व्यवसायी, विद्यार्थी सहभागी भएका थिए ।

नेपालका सातै प्रदेशमा सामाजिक कार्य गर्दै आइरहेको इन्स्युरेन्सले प्रदेश १ मा पहिलो पटक रक्तदान कार्यक्रम गरेको हो ।

शिखर इन्स्युरेन्स २

प्रदेश १ मा विराटनगरबाहेक इटहरी र विर्तामोडमा पनि इन्स्युरेन्सले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु