विराटनगर । आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको छ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सीमा नाका बन्द गरेको हो ।

मतदान नसकिएसम्म अत्यावश्यक अवस्थाबाहेक नाकाबाट आवातजावत बन्द हुनेछ । नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु