विष्णु कल्पितले खिचेको यस डकुमेन्ट्रीले यसअघि नै ‘किम्फ’ मा उत्कृष्ट डकुमेन्ट्री र उत्कृष्ट इसीमोड माउन्टेन फिल्म अवार्ड जितेको थियो ।
१४ मिनेट लामो यो डकुमेन्ट्री यसअघि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरू एनिमल फ्याबुला, वनअर्थ अवार्ड, कलामता मन्थली इन्टरनेसनल डकुमेन्ट्री फेस्टिभलुमा छनोटमा परेको थियो ।निर्देशक कल्पितले मेलम्चीमा रिपोर्टिङमा जाँदा उक्त डकुमेन्ट्रीका लागि दृश्य खिचेका थिए ।