आचारसंहिता उल्लङ्घन गर्ने मतदान अधिकृत ६ जना र सहायक कर्मचारीहरु ११ जना गरी कूल १७ जनालाई कारबाही गरिएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक चिरञ्जिवी अधिकारीले बताए ।
आचारसंहिता उल्लङ्घन गर्नेहरुलाई जिम्मेवारीबाट हटाइएको अधिकारीले जानकारी दिए ।कारबाहीमा पर्ने मतदान अधिकृतहरु सबै शिक्षकहरु हुन् । सहायक कर्मचारीहरुमध्ये पनि १० जना शिक्षक र एकजना निजामती कर्मचारी रहेको जनाइएको छ ।
कुनै पनि पार्टीका उम्मेदवारको सामाजिक सञ्जालमा शेयर गरिएका पोष्टरमा लाइक, शेयर र कमेन्ट गर्न नपाउने नियम छ । तर कतिपयले त्यस्तो काम गरेको भन्दै प्रमाणसहित लिखित उजुरी आएपछि उनीहरुले हटाएको आचारसंहिता समितिले जनाएको छ ।