घटनास्थल । तस्बिरः एनएचके

काठमाडौं । चक्कु प्रहार गरी जापानमा एक नेपालीको हत्या भएको छ । इसेसाकी सहरको अपार्टमेन्टमा बस्ने ४२ वर्षीय लक्ष्मीकुमारी बस्नेत अधिकारीको हत्या भएको हो ।

जापानको सार्वजनिक सञ्चारमाध्यम एनएचकेका अनुसार चक्कु बोकेका एक व्यक्ति घटनास्थलबाट निस्केको देखिएको छ ।

जापानी प्रहरीले अभियुक्तको खोजी गरिरहेको छ । घटना बुधबार राति भएको जनाइएको छ ।

प्रहरीले अपार्टमेन्टमा पुग्दा दोस्रो तल्लाको कोठाको प्रवेशद्वारमा रगत बगिरहेको अवस्थामा घाइते अधिकारीलाई भेटेको थियो । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । त्यहाँ उनको मृत्यु भएको जनाइएको छ ।

अधिकारीको घर बुटवलमा रहेको र माइती बागलुडको गलकोट रहेको जनाइएको छ । मृतकका श्रीमान् जापानमै रहेका र उनको १७ वर्षीय छोरा नेपालमा रहेको आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु