गगन नुनिया

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले), निर्वाचनका सन्दर्भमा पदयात्रा आयोजना गरेको छ । निर्वाचन क्षेत्र नं. ४ र ६ लक्षित पदयात्रा एमालेको क्षेत्रीय समन्वय समितिले आयोजना गरेको हो ।

पुष्पलाल चोक, तीनपैनी, गोल्छा चोकदेखि जलजला चोक हुँदै महेन्द्र चोकसम्म पैदलयात्रा गरिएको थियो ।

महेन्द्र चोक पुगेर कोणसभा आयोजना गरिएको थियो । सभामा क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डितले विकासको ज्योति दिने नेकपा एमाले भएको दाबी गरे ।

क्षेत्र नं. ४ का उम्मेबार विनोद ढकालले मुलुकमा स्थीरताका लागि एउटै पार्टीलाई जिम्मेवारी दिनुपर्ने बताए ।

सभामा प्रदेश सभा सदस्य उम्मेवाबार पर्शुराम बस्नेत (कृष्ण) ले विराटनगरलाई समृद्ध र विकसित बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

(प्रशिक्षार्थी)

175
Shares
१ मंसिर २०७९, बिहीबार २०:३६