विराटनगर । स्ट्रेन्थ लिफ्टिङ संघको मोरङ जिल्ला अध्यक्षमा नवनित राज प्रधान चयन भएका छन् ।

विराटनगरमा बुधबार आयोजित समिति गठन कार्यक्रममा प्रधान अध्यक्षमा चयन भएका हुन् । मोरङ खेलकुद विकास समितिका अध्यक्ष श्रवण ऋषिदेवको अध्यक्षतामा गठित समितिकाे वरिष्ठ उपाध्यक्षमा दिपक कुमार तिम्सिना चयन भएका छन् ।

त्यस्तै कार्यसमितिको उपाध्यक्षमा श्रृजन प्याकुरेल र सौरभ राजभण्डारी चयन हुँदा सचिवमा रोनक अग्रवाल र कोषाध्यक्षमाा सुमन राजवंशी र सह सचिवमा आशिष श्रेष्ठ चयन भएका छन् । नाै सदस्यीय समितिकाे सदस्यमा मनिसा अग्रवाल र रश्मी थापा रहेका छन् ।

प्रदेश १ को सुनसरी, उदयपुर हुँदै मोरङमा संघले आफ्नो कार्यसमिति विस्तार गरेको हो ।

पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदबाट नेपाली खेल जगतमा स्ट्रेन्थ लिफ्टिङ औपचारिक रुपमा भित्रिएको छ । आगामी दसाैँ राष्ट्रिय खेलकुदमा पनि स्ट्रेन्थ लिफ्टिङलाई समावेश गरिएको छ ।

महासंघको मुख्य उद्देश्य यस खेललाई नेपालमा अगाडी बढाउनुका रहेको अध्यक्ष प्रधानले जानकारी दिए । ‘संघको मुख्य उद्देश्य यस खेललाई नेपालभरी फैलाउनु हो । दक्ष र अनुभवी प्रशिक्षकबाट खेलकुदमा चेतना र अवसर सिर्जना गर्ने हो’ उनले भने, ‘जिल्ला र राष्ट्रको प्रतिनिधित्व गर्दै नेपाललाई पदक दिलाउनु हो ।’

संघका नयाँ पदाधिकारीहरुलाई बिहिबार विराटनगरमा नेपाल स्ट्रेन्थ लिफ्टिङ फेडेरेशनका महासचिव जीवन घिमिरे, सुनसरी स्ट्रेन्थ लिफ्टिङ फेडेरेशनका अध्यक्ष कवीर भगत, उपाध्यक्ष कपिल क्षेष्ठ र नेपाल फेडेरेशनका अन्तर्राष्ट्रिय खेलाडी प्रसिद्ध लावतले बधाइ तथा शुभकामना दिएका छन् ।

539
Shares
१ मंसिर २०७९, बिहीबार १८:१३