नेपालको जितमा अञ्जन विष्टले गोल गरे । उनले खेलको ८३ औँ मिनेटमा गोल गरे । अञ्जनले सुनिल बलको क्रस पासमा गोल गरेका हुन् । उनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो ।
गोल गरेपछि खुसीयाली मनाउने क्रममा अञ्जनले जर्सी फुकालेपछि रेफ्रीले पहेँलो कार्ड देखाएका थिए ।विश्व फुटबल महासङ्घ (फिफा) ले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रूपमा नेपालसँग खेलेको हो ।
योसँगै नेपाल र पाकिस्तानबीच अहिलेसम्म १८ वटा खेल भएको छ । जसमा पाकिस्तानले सात र नेपालले छ खेल जित्दा पाँच खेल बराबरीमा टुङ्गिएको छ ।नेपाली पुरुष फुटबल टोलीले आज दशरथ रङ्गशालामा ५० औँ अन्तर्राष्ट्रिय खेल खेलेको हो ।