विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–५ मा चिर्पट दाउराले हानेर १ जना युवकको हत्या गरिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार चिर्पट प्रहारबाट १२ दिनअघि घाइते भएका बूढीगंगा –७ का २३ वर्षीय करण सरदारको मृत्यु भएको हो । उनको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मंगलबार राति मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार एकआसपमा विवाद हुँदा करणलाई बूढीगंगा–५ का २४ वर्षीय राजेश सरदारले चिर्पटले प्रहार गरेर घाइते बनाएका थिए । करणलाई गत कात्तिक १८ गते राति ८ बजेतिर राजेशले चिर्पटले हानेका हुन् ।
घटनामा संलग्न राजेशलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।