जिल्ला प्रशासन कार्यालय माेरङले एक सूचना जारी गर्दै ४ मंसिर बिहान ४ बजेदेखि साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा निषेध गरेकाे हाे ।
यद्यपि, निर्वाचन आयोगबाट सवारीसाधन सञ्चालनसम्बन्धी जारी मापदण्डअनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनमा नरोक्ने कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ ।सूचनाकाे अवज्ञा गर्दै सञ्चालनमा आउने सवारीसाधन र सञ्चालकलाई आवश्यक कारबाही गर्ने प्रशासनले बताएकाे छ ।