काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्यमा वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा  २०० रुपैयाँले बढेको हो।

छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु