अन्टारियो। विश्वकप फुटबलका लागि क्यानाडाले टिम घोषणा गरेको छ।
क्यानाडाले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो। क्यानाडाले घोषणा गरेको टोलीमा चोटका बाबजुत अल्फन्सो डेभिस अटाएका छन्।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ। विश्वकपमा क्यानाडा समूह ‘एफ’ मा रहेको छ। यस समूहमा बेल्जियम, क्रोएसिया र मोरक्को छन्।
क्यानाडाले बेल्जियमसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।