काठमाडाैं । सेयर बजार मंगलबार ६.५९ अंकले घटेकाे छ ।
सोमबार १.१६ प्रतिशतले वृद्धि भएको नेप्से मंगलबार ०.३५ प्रतिशतले ओरालो लागेको हाे । नेपाल स्कट एक्सचेन्जका अनुसार नेप्से ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा पुगेर रोकिएको छ ।
एक ८५ कम्पनीको कारोबार हुँदा ४३ कम्पनीमा वृद्धि भएको छ । एक ३३ कम्पनीमा ओरालो लाग्दा ९ कम्पनीकाे काराेबार स्थिर रहेको छ । २७ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँको कारोबार भएको हो ।
सबैभन्दा धेरै हिमालयन डिस्टिलरीकाे ८ करोड २२ लाख ३४ हजार बढी र नेपाल लाइफ इन्स्याेरेन्सको ६ करोड ४ लाख ९७ हजार बढीको कारोबार भएको छ ।
सिटिजन म्युचुअल फण्ड ४.५८ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावर २.९३ प्रतिशतले वृद्धि भएको छ । उपसुचक कम्पनीहरू बैंकिङ ०.०८ प्रतिशत, निर्जीवन बिमा ०.०९ प्रतिशत, ट्रेडिङ इन्डेक्समा ०.३० प्रतिशतले वृद्धि हुँदा अन्य उपसूचक कम्पनीहरूकाे काराेबार घटेकाे छ ।