यसै वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको प्रतिवेदनमा विश्वकाे जनसंख्या ८ अर्ब पुगेकाे खुलाइएकाे थियाे । तर, अनुमानित संख्या पुग्न नसकेपछि त्यसबारे आज घोषणा गरिएको हो ।
सन् २०२३ मा भारतले जनसंख्याकाे तथ्याङ्कमा चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ ।विश्वभरीकाे तथ्यांक संकलन गर्ने वल्र्डाेमिटरका अनुसार सर्वाधिक जनसंख्या हुने सूचीकाे शीर्ष स्थानमा चीन, दाेस्राेमा भारत र तेस्राेमा अमेरिका रहेकाे छ । सूचीकाे ४९औं स्थानमा नेपाल रहेकाे छ ।