काठमाडौं । सोलुखुम्बुमा निर्माण भएको ८६ मेगावाट सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । निर्माण सकिएर परीक्षण उत्पादन गर्ने तयारी भइरहेको छ ।

उक्त आयोजना नेपालमा निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो हो । आयोजनाको मंगलबार परीक्षण उत्पादन गर्ने जनाइएको छ ।

साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले विभिन्न चरणको परीक्षण गर्नुपर्ने भएकाले डेढ महिनाभित्रमा व्यावसायिक उत्पादन गर्ने तालिका बनाइएको जानकारी दिएका छन् ।

उत्पादन सुरु हुने चरणमा पुगे पनि प्रसारण लाइनको तार तान्ने काम भने सकिएको छैन । व्यावसायिक उत्पादन सुरु हुने बेलासम्म प्रसारण लाइनको तार तान्ने काम पनि सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दुधकोसी गाउँपालिकामा संरचनाहरू निर्माण गरिएका छन् । आयोजनाको सबै काम सम्पन्न हुँदा १४ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ ।
28
Shares
२९ कार्तिक २०७९, मंगलवार ०६:४६