देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।बुधबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षा र हिमपातको सम्भावना रहेको रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले भनेको छ ।