बिमा रकम पाउनेहरुमा बिर्खी चौधरी २ लाख ९० हजार, विजय चौधरी २ लाख ५८ हजार र सुरेश शर्मा ५० हजार छन् ।
विराटनगरमा आयोजित संस्थाको विभिन्न समूह र केन्द्रका प्रतिनिधिहरु सम्मिलित कार्यक्रममा उक्त रकम हस्तारन्तरण गरिएको हो ।संस्थाको विराटनगरमा ३ हजार १ सय १८ जना सदस्य छन् । यसैगरी ऋणीको संख्या २ हजार ४ सय २० रहेको संस्थाले जनाएको छ ।
विराटनगर शाखाअन्तर्गत १७८ वटा शाखा छन् । २०५८ माघ १ गते स्थापित संस्थाको विराटनगर शाखा २०६५ मा सुरु भएको थियो । शाखाको लगानी ३९ करोड पुगेको बताइएको छ यसैगरी हाल १५ करोड बचत रकम छ ।देशभरिका ६१ वटा जिल्लामा विस्तारित संस्थाका शाखा १ सय ५५ वटा रहेको जनाइएको छ । सबैतिर गरी २ लाख ६१ हजार ९ सय ५० जना सदस्य छन् ।
तीमध्ये ऋणीको संख्या १ लाख ६५ हजार ६ सय ६० छ । संस्थाको इटहरीस्जित कार्यालयका प्रबन्धक रमेश श्रेष्ठका अनुसार संस्थाको बचत हाल ११ अर्ब ९९ करोड छ भने २० अर्ब ११ करोड ३० लाख ऋण लगानी छ ।
उक्त संस्था नेपाल राष्ट्बैंकबाट घ वर्गमा मान्यता पाएको वित्तीय संस्था हो ।