विराटनगर । मोरङको लेटाङमा विषालु सर्पले टोकेर आइतबार राति १ जना युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सर्पले डसेर लेटाङ नगरपालिका–९ जाँतेका २८ वर्षीय गणेश गजमेरको मृत्यु भएको हो । बाटो हिँड्ने क्रममा राति ८ बजेतिर उनलाई सर्पले टोकेको थियो ।

सर्पले टोकेर घाइते भएका गजमेरको उपचारका लागि झापाको दमकतर्फ लैजाने क्रममा राति १० बजेतिर बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भएको छैन ।
49
Shares
२८ कार्तिक २०७९, सोमबार १२:३५