झापा । झापाको दमक नगरपालिका–५ स्थित वडा कार्यालयअगाडि ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा सोमबार बिहानका राति १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प १८५३ नम्बरको मोटरसाइकल बिहान १ः४० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक दमक–४ का ३० वर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार दमक–४ का २१ वर्षीय रविन्स राई र सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का २१ वर्षीय विशाल राई घाइते भएका छन् । दुवै जनाको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । तीन जना सवार मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु