विराटनगर । अत्यावश्यक परेका बिरामीका लागि रगत दिन सहयोग गर्दै आएको ‘इन्स्टान्ट ब्लड डोनर’ आफ्नो सदस्य संख्या बढाउने भएको छ ।

संस्थाका संस्थापक सुरेन्द्र मल्लका अनुसार रगतको समूहबारे तथ्याङ्क राख्ने र आवश्यक परेका बेला बेला रगत उपलब्ध गराउन सदस्य संख्या वृद्धि गर्न लागिएको हो ।

सेवा भावनाले विराटनगरका युवाहरुले उक्त संस्था स्थापना गरेका हुन् । संस्थाले हालसम्म १ हजार ८ सय जनाका लागि रगत उपलब्ध गराइसकेको जनाएको छ ।

अहिले सक्रिय रुपमा मल्लसहित २० युवाहरु रक्तदान र बिरामीलाई रगत उपलब्ध गराउने काममा लागिरहेका छन् । हरेक महिना २० जनासम्मलाई रगत उपलब्ध गराउने गरिएको छ ।

२०७५ साल फागुन ५ गतेदेखि संस्थाले आफ्नो काम सुरु गरेको हो । रगत दिने र लिनेको बीचमा संस्थाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।
735
Shares
२८ कार्तिक २०७९, सोमबार ०६:५९