झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी घाइते भएको प्रहरीले जनाएको छ । उनी माओवादी केन्द्र काठमाडौँ–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ।यसअघि गत साता सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच अपिहिमाल गाउँँपालिकामा झडप भएको थियो।
घटनापछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी शाहीले बताए। सो क्षत्रमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ।