अमेरिका । संयुक्त राज्य अमेरिकाका ग्रेगरी फाेस्टरले सबैभन्दा छिटाे खाेर्सानी खाएर विश्व रेकर्ड कायम गरेका छन् ।

सान्ट डिएगाेमा सम्पन्न कार्यक्रममा उनले विश्वको सबैभन्दा पिराे क्यारोलिना रिपर खुर्सानी खाँदै उक्त रेकर्ड बनाएका हुन् ।

गिनिज वल्र्ड रेकर्ड (जीडब्लुआर) बनाउने क्रममा उनले ३३.१५ सेकेन्डमा १० वटा रिपर खुर्सानी खाएका थिए ।पछिल्लो उपलब्धिसँगै फोस्टरले ९ महिनाअघि ८ दशमलब ७२ सेकेन्डमा तीन क्यारोलिना खुर्सानी खाएको आफ्नै कीर्तिमान तोडेका हुन् । उनले छोटो समयमा अहिलेसम्मकै सबैभन्दा पिराे खाेर्सानी खाने कीर्तिमान बनाएका छन् ।

‘मलाई लाग्छ, यो पीडाको जोश हो’ कीर्तिमान कायम गरेपछि प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘याे जतिसक्दाे चाँडाे काेइला खाने प्रयास गरेजस्तै हाे । तर विश्व रेकर्ड कायम गर्न पाउँदा खुशी छु ।’

फोस्टर पिराे हट सस कम्पनीको मालिक हुन् । रेकर्ड बनाउने क्रममा उनले खाएकाे खाेर्सानी आफ्नै खेतमा उब्जाएका छन् ।

हेर्नुहाेस् भिडियाेः

35
Shares
२७ कार्तिक २०७९, आईतवार १०:०७