पूर्व–पश्चिम लोकमार्गमा पूर्वतर्फ जाँदै गरेको को ३१ प ७२६६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बी आर ३८ एन २२०२ नम्बरको कारले राति ९ः२० बजेतिर ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का ४२ वर्षीय उत्तमकुमार मगरको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका मगरको उपचारका क्रममा सामुदायिक अस्पताल इटहरीमा राति १०ः३० बजेतिर मृत्यु भएको हो । कार चालक भारत अररिया बेलाईका २५ वर्षीय रविकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।मृत्यु भएका मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ ।