काठमाडौं । प्रियसी म्युजिक प्रालिको आयोजनामा चौथो एपिक नेपाल म्युजिक अवार्ड–२०७९ हुने भएको छ।

भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकामा पर्ने शंखधर पार्कमा सम्पन्न पत्रकार सम्मेलनमा चौथो एपिक नेपाल म्युजिक अवार्डको आवेदन फारम खुल्ला गरिएको जानकारी आयोजक संस्थाले गराएको छ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कार्यक्रम हुन लागेको हो ।

गीत संगीतका सम्पूर्ण विधाहरूलाई समेटिने र अवार्ड मुख्यगरी नेपाली लोकगीत संगीतको क्षेत्रमा क्रियाशील एवं नव प्रतिभाका सर्वोकृष्ट रचनाहरूका साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काठे र देउडा गीतहरूलाई अवार्ड प्रदान गरिने अवार्डकी महासचिव तथा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठले जानकारी गरा‍इन् ।

त्यस्तै, अवार्डको टप ५ नोमिनेसन पौष २ गते घोषणा गरिने तथा अवार्ड कार्यक्रम माघ ७ गते भक्तपुरमा नै सम्पन्न गरिनेछ।

चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ का अध्यक्ष कृष्ण लाल साहुखल: ले कार्यक्रममा बोल्दै महानायक राजेश हमाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी गराए।

आवेदन फारम प्रियसी म्युजिक प्रालिको कार्यालय अनामनगर उपलब्ध हुनेछ। अवार्डका संयोजक राजेन्द्र पुरी छन्।

35
Shares
२७ कार्तिक २०७९, आईतवार ०३:४१