उनले आउँदो चुनाव देशलाई कता लैजाने भन्नेमा निर्भर रहेको बताए । चितवनमा शनिबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट किन हटाउनुपरेको भन्ने कुरा सबैलाई थाहा भइसकेको भन्दै लोकतन्त्र, गणतन्त्रलाई स्थायी बनाउन आवश्यक भएकाले संविधानको रक्षा गर्न ओलीलाई सरकारबाट हटाएको बताए ।प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए । आसन्न चुनावमा चितवनबाट गठबन्धनको जित हुनु आवश्यक रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले चितवनबाट पालिका चुनावमा पनि सत्तारुढ गठबन्धनले विजयी हासिल गरेको उल्लेख गर्दै प्रतिनिधि सभामा पनि जिताएर चितवनका नागरिकले गठबन्धनको जितको श्रेय लिनुपर्ने उल्लेख गरे ।